बारम्बार सोधिने प्रश्नहरूः

१. BCA कस्तो कार्यक्रम हो ?

त्रिभुवन विश्वरविद्यालयबाट सम्बन्धन प्राप्त सेमेष्टरमा आधारित ४ वर्षे आठ सेमेष्टरको Information and Communication Technology (ICT) सम्बन्धी यो कार्यक्रमको पुरा रूप Bachelor of Computer Application हो । विशेषतः Software Development लाई लक्षित गरेर निर्माण गरिएको यो कार्यक्रम अन्तराष्ट्रिय गुणस्तरको मान्यता प्राप्त कार्यक्रम पनि हो । विगत २०७५ सालदेखि त्रिभुवन विश्वविद्यालयमा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।

२. यो कार्यक्रम पढे पश्चात कस्ता कस्ता अवसर उपलब्ध हुन्छन् ?

BCA पढिसकेपछी बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय Software Company तथा बैंक तथा बित्तीय संस्था, कर्पोरट कम्पनीहरू आदिमा Software Engineer लगायत Software Developer, Application Programmer, Software Analyst, Software Quality Assurance Engineer, Network Administrator, Database Administrator, IT Officer, IT Manager, Program Manager, Web Developer, Lecturer, Professor तथा अन्य पदहरूमा बसेर काम गरेको पाइन्छ भने विद्यार्थी स्वयम्ले पनि आफ्नै Software Company स्थापना गरि Software Development, IT Consultant का साथै Outsourcing का कामहरू पनि गर्न सक्षम भएको देखिएको छ ।

३. BCA पढिसकेपछी कस्ता विषयमा Masters गर्न पाइन्छ ?

BCA पढिसकेपछी MCA, MCS, M.Tech, MIT, MSc IT, MBA IT लगायत अन्य धेरै विषयमा Masters गर्न पाइन्छ ।

४. BCA Program कस्ता विद्यार्थीले पढ्न पाउँछन ?

कुनै पनि विषयमा +२ वा सो सरहको तहमा ४५% वा हरेक विषयमा D+ Grade ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउँछन् । जस्तैः +2 Science, +2 Management, +2 Humanities, +2 Education, CTEVT Diploma/PCL वा सो सरहको कुनै पनि विधा पढेका विद्यार्थी ।

५. के BCA लाई विदेशी विश्वविद्यालयले मान्यता दिन्छन् त ?

BCA कार्यक्रम अन्तराष्ट्रिय गुणस्तरको भएको हुनाले Europe, USA, Australia लगायतका देशहरूमा विद्यमान विश्वविद्यालयहरूले मान्यता दिएका छन् भने सजिलै Credit Transfer तथा Credit Equivalence गर्ने गर्दछन् । BCA दिक्षित विद्यार्थीहरूले विदेशका ख्यातिप्राप्त विश्वविद्यालय तथा कलेजहरूबाट BCA पछीको उच्च तहमा भर्ना भई PhD सम्मका उपाधी हासिल गरिसकेका छन् ।

६. त्यसोभए पढ्नका लागि के गर्नुपर्दछ त ?

त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछी यो कार्यक्रममा भर्ना भइ पढ्नका लागि योग्य भइन्छ । त्यसका लागि आफ्नो नागरिकता तथा शैक्षिक प्रमाणपत्रहरूको फोटोकपी सहित फाराम शुल्क र ३ प्रति पासपोर्ट साइजको फोटो बुझाएर www.tufohss.edu.np बाट अनलाईन वा सम्बन्धित कलेज मार्फत फाराम भर्नु पर्दछ ।